नेपालमा नयाँ कोरोना भाइरसको त्रास, सात जनाको नमूना हङकङ पठाइँदै

बेलायतबाट नेपाल आएका छ जनामा कोरोना पुष्टि भएपछि नयाँ स्वरुपको कोरोना भाइरस हो होइन भनेर यकिन गर्न हङकङ पठाइने भएको छ । बेलायतमा कोरोना प्रजातीको नयाँ भाइरस देखिएसँगै जीनको सिक्वेन्सिङ अध्ययन नेपालमा नहुने भएकाले एक साताभित्र हङकङ पठाउन लागिएको हो ।

गत वर्ष चीनको वुहानमा देखिएको भन्दा फरक प्रजातीको कोरोना भाइरस बेलायतमा भेटिए पछि चौतफी नयाँ भाइरस फैलन सक्ने जोखिम बढेको छ । बेलायतमा भेटिएको नयाँ प्रजातीको भाइरस बेलायत बाहेकका ३० भन्दा धेरै देशमा देखा परिसकेको छ । नेपालमा पनि गत पुस १ गते बेलायतबाट आएका २ सय ७७ जना मध्य हालसम्म सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि नयाँ प्रजातीको कोरोना हो होइन भनेर यनिक गर्न नमुना यही हप्ताभित्र हङकङ पठाउने तयारी सरकारले गरेको छ ।



व्यक्तिको नमूना जिन सिक्वेन्सिङका लागि हङकङ पठाउन प्याकिङ गरिसकिएको र कुरियर गरेर पठाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बेलायतमा नयाँ प्रजातीको कोरोना पुष्टि हुनु पूर्व बेलायतबाट आए व्यतिलाई सरकारले आइसोलेनसमा बस्न तथा परिक्षण गर्न आग्रह गरेको थियो । तिनैमध्ये सात जनामा कोरोना संक्रमण देखिएको हो । बेलायतवाट फर्केका अन्य व्यक्तिलाई पनि कडा निगरानीमा राखिएको छ । अन्य विभिन्न मुलकमा समेत नयाँ प्रजातीको भाइरस देखिएका कारण नेपाल प्रवेश गर्ने हवाई नाकामा निगरानी समेत बढाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ प्रजातीको भाइरस विश्वका अन्य मुलकमा समेत देखिएको हुँदा नेपालमा पनि भाइरस प्रवेश नगर्ला भन्न कठिन छ । हङकङबाट रिपोर्ट आउनासाथ छिट्टै नेपालमा नयाँ स्वरुपको भाइरस छ छैन पत्ता लाग्नेछ ।

सम्बन्धित समाचार