नेपालमा पनि देखियो बेलायतमा विकसित नयाँ कोरोनाको संकेत

नेपालका पनि तीन जनामा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ भेरिएन्ट (नयाँ प्रजाति) को संक्रमण भएको संकेत पाइएको छ। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकामा निर्देशक डा. वासुदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको हो।

‘तर हामीकहाँ भएको सिस्टमले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाउँदै छौं,’ बुधबार बिहान डा. पाण्डेले भने। बेलायतबाट फर्केका ७ जनामा कोरोना पोजिटिभ देखिएको र तीमध्ये ३ जनामा नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो।



यसको पुष्टि गर्न नमुना यो हप्ताभित्र हङकङ विश्वविद्यालयको प्रयोगशालामा पुर्‍याउने योजना सरकारले बनाएको छ। डा. पाण्डेका अनुसार कोरोना महामारी सुरुवातका बेला (जतिबेला नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि तयार भइसकेको थिएन) उहानबाट फर्किएका नेपालीको नमुना जाँच गर्न पठाइएको ठाउँमै अहिलेको नमुना पठाउन लागिएको हो।

शुरुमा बेलायतमा देखिएको यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ। विज्ञका अनुसार पुरानो कोरोनाले हजार जनामा फैलिन सक्छ भने यो १७ सय व्यक्तिमा सर्न सक्छ।

 

सम्बन्धित समाचार