नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।
मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।