भारतले सित्तैमा दिएको खोप लगाउन ६२ करोड रुपैयाँ लाग्ने

भारतले नेपाललाई निःशुल्क उपलब्ध गराएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउन ६२ करोड लाग्ने भएको छ । खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ६२ करोड माग गरेको छ ।

मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालयल स्रोतले जनाएको छ ।



भारतले विहीबार अनुदानमा १० लाख मात्रा कोभिसिल्ड उपलब्ध गराएको थियो । सो खोप टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रमा राखिएको छ ।

सम्बन्धित समाचार