नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार साँझका लागि बैठक बोलाएका हुन् । बैठक केहीबेरमा सुरु हुँदैछ ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र विहीबार बस्ने गरेको भएपनि आज मंगलबार आकस्मिक रुपमा बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले विभिन्न पदमा नियुक्ती र बढुवा गर्ने सम्भावना रहेको छ । त्यस्तै आजको बैठकमा विभिन्न देशमा रहेका प्रचण्ड माधव समूह निकट राजदूतलाई फिर्ता बोलाउने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।
