कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको नयाँ मिति तोकिने !

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज अपराह्न बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा अपराह्न दुई बजे डाकिएको बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुनेछ ।

फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशन कोरोना भाइरसको महामारीले अनिश्चित भएको थियो ।



आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ । कांग्रेसले फागुन ७–१० सम्म केन्द्रीय महाधिवेशन गर्ने पूर्वनिर्धारित मिति आइसक्दा पनि अर्को तालिका तोक्न नसकेको भन्दै पार्टीभित्रबाटै चर्को आलोचना शुरु भएको थियो ।

सम्बन्धित समाचार