पेरिसडाँडामा प्रचण्ड–माधव पक्षको आकस्मिक केन्द्रीय समिति बैठक सुरु

नेकपा प्रचण्ड–माधव पक्षले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा पछिल्लो अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमका विषयमा ब्रिफिङ गरिरहेका छन् । प्रचण्ड माधव पक्षले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको थियो ।



बैठकको निर्णयअनुसार आधिकारिकताका लागि निर्वाचन जाने नजाने टुंगो लाग्ने नेताहरुले बताएका छन् । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले विभाजनको कानुनी मान्यता पाइसकेको छैन ।

कानुनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।

सम्बन्धित समाचार