प्रमुख निर्वाचन आयुक्त थपलियाले आज प्रचण्ड–माधव पक्षलाई नभेट्ने

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले प्रचण्ड–माधव समूहले आज औपचारिक भेटका लागि आयोगलाई खबर नगरेको बताएका छन् । उनले आज आयोगको वार्षिकोत्सवका अवसरमा औपचारिक कार्यक्रम राखिएकाले तीबाहेकका अन्य कसैसँग भेटघाट तथा छलफलको कार्यक्रम नरहेको बताए ।

थपलियाले भने, ‘प्रचण्ड–माधव समूह निर्वाचन आयोग आउने कुरा मैले पनि सुनेको हो । औपचारिक रूपमा कुनै जानकारी आएको छैन । र, हामी आफ्नो वार्षिकोत्सवमा व्यस्त भएका कारण आज कसैसँग भेटघाट, छलफलको कार्यक्रम तय भएको छैन ।



प्रचण्ड–माधव समूहले आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई नागरिकतासहित निर्वाचन अयोग लैजाने तयारी गरेको थियो । पार्टीको आधिकारिकता विवादमा आयोगले निर्णय दिइनसकेको अवस्थामा प्रचण्ड–माधव समूहले सो तयारी गरेको थियो ।

सम्बन्धित समाचार