प्रचण्ड-नेपालको चर्को विरोध गर्दै आएका झा प्रदेश प्रमुखमा नियुक्त, सपथ ग्रहण आजै

नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई राष्ट्रपति विद्यादेवी भण्डारी आजै पद तथा गोपनियताको सपथ गराउने भएकी छिन् । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जनाएको छ ।

मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका झा मधेश मिडिया हाउसका सञ्चालक हुन् । पत्रकारिता जगतमा उनलाई ‘राजेश अहिराज’ नामले चिनिन्छ ।



रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका झाले मधेश मामिलामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । कानून विषयमा स्नातक गरेका उनले अधिवक्ताको लाइसेन्स समेत लिएका छन् ।

झाले पछिल्लो समय सामाजिक सञ्जालमा ओलीको प्रशंसा तथा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको चर्को आलोचना गर्ने गर्छन् ।

सम्बन्धित समाचार