गृहमन्त्री बन्न लागेको चर्चाबारे बामदेवले दिए यस्तो प्रतिक्रिया

आफूबारे भ्रामक समाचार सम्प्रेषण भएको भन्दै नेकपा उपाध्यक्ष बामदेव गौतमले आपत्ति जनाएका छन् । फेसबुकमार्फत नेता गौतमले केपी ओली सरकारको नेतृत्वमा आफू जान लागेको भन्ने समाचार भ्रामक र दुराशयपूर्ण मात्र भएको लेखेका छन्।

नेता गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न भएकाले ‘फेरि एकपटक’ सतहमा आएको लेखेका छन्। साथै उनले यस्ताखाले समाचारलाई विश्वास नगर्न पनि आग्रह गरेका छन्। पछिल्लो समय गौतम गृहमन्त्री बन्न लागेको समाचारहरु बाहिरिएका थिए ।



सत्तारुढ नेकपा दुई कित्तामा बाँडिएपछि उपाध्यक्ष गौतम तटस्थ रहँदै आएका छन्। प्रधानमन्त्री ओली र प्रचण्ड–माधव समूहमा नेकपा छुट्टिएपछि त्यसलाई एक गर्न भन्दै उनले देशव्यापी अभियान चलाउने बताएका थिए। पछिल्लो गौतमको तटस्थता र प्रभावबारे केही सञ्चारमाध्यमले लेखेका थिए।

सम्बन्धित समाचार