दिल्लीमा उपचाररत वरिष्ठ नेता खनाल आज स्वदेश फर्किंदै

पूर्व प्रधानमन्त्री एवम् नेकपा (दाहाल–नेपाल पक्ष)का वरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किंदै छन् । नेता खनाल नियमित स्वास्थ परीक्षणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका थिए ।

उनी माघ ३० गते नयाँ दिल्ली गएका थिए । उनलाई दिल्लीको एपोलो अस्पतालमा राखेर उपचार तथा स्वास्थ्य परीक्षण गरिएको थियो ।



दिल्लीस्थित नेपाल राजदूत निलाम्बर आचार्यले एपोलो अस्पतालमै पुगेर पूर्वप्रधानमन्त्री खनाललाई भेटेका थिए । भेटमा राजदूत आचार्यले खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनले जानकारी दिएका थिए ।

एक हप्ताभन्दा लामो दिल्ली बसाई टुङ्ग्याएर आज दिउँसो ४ बजे नेता खनाल नेपाल आइपुग्ने बताइएको छ । ख्नालले दिल्लीमा रहँदा भारतीय केही नेताहरुलाई भेटेको पनि बताइएको छ ।

सम्बन्धित समाचार