‘देश पूर्व प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरुबाट चल्दैन’

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा छाडेर प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा लागेका नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्री केपी ओलीले नयाँ नक्सा पास गरेपछि केही साथीहरुको निद हराम भएको र उनीहरु पार्टी छाडेर बाहिर लागेको बताएका छन् । ढुंगेलले शनिबार विराटनगरमा आयोजित प्रदेश १ स्तरीय आमसभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल समूहले प्रतिगमन भयो भनेर कुप्रचार गरेको बताए। उनले संविधानको कुनै धारा निलम्बन नभएको भन्दै उनले प्रचण्ड–नेपाल समूहको सपनामा मात्रै प्रतिगमन भएको बताए।

उनले यो देश पूर्वप्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरुले चलाउने देश नभएको बताए। ‘यो पूर्वप्रधामन्त्रीहरुले चलाउने देश होइन, यो देश वर्तमानको प्रधानमन्त्री र मन्त्रिपरिषद्ले चलाउँछ’, उनले भने ।



‘अदालतमा आज पूर्वहरुको भिड चलिराखेको छ, अदालतका पूर्व प्रधानन्यायाधीशहरु विज्ञप्ति निकाल्दै सडकबाट फैसाला गर्दै हिँडिरहेका छन्, अदालत पूर्व प्रधानमन्त्रीहरुको बेञ्चबाट चल्दैन, वर्तमानका प्रधानन्यायाधीशको बेञ्चबाट चल्छ भन्ने उनीहरुलाई जानकारी होस्।’ ढुंगेलले भने ।

सम्बन्धित समाचार