नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दलका नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार विराटनगरमा आफ्नो समूहले आयोजना गरेको आसभालाई सम्बोधन गर्दै संसद् पुनर्स्थापना नभए आन्दोलन हुने चेतावनी दिएपछि थापाले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
थापा लेख्छन्-‘आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपती र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति,प्रधानमन्त्री र प्रधानन्यायाधीश विरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए ।’
