प्रचण्ड र माधव नेपालबीच पार्टी कमिटीलाई आधा-आधा भाग लगाउने सहमति

विभाजित नेकपाको प्रचण्ड–माधव समूहले पार्टी एकता र पदपुर्तिसम्बन्धी आधारपत्र तयार गरेको छ । विभाजनको क्रममा केपी ओली समूहका खुलेका नेताहरूको स्थानमा पदपुर्ति गर्न प्रचण्ड–माधव समूहले पदपुर्तिका आधार र मापदण्ड तय गरेको हो ।

७ फागुनको केन्द्रीय समितिको बैठकमा प्रचण्ड र माधव नेपालले मापदण्ड टुंगो लागेको जानकारी दिएका थिए । त्यसरी मापदण्ड तय गर्न अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल पनि बनेको थियो । कार्यदलले छलफल गरेपछि मापदण्डको अन्तिम टुंगो भने सचिवालयले लगाएको हो । स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलले पदपुर्तिको सम्बन्धमा मापदण्ड र आधार तय भईसकेको बताए ।



पोखरेलले भने ‘कार्यदलले पार्टी एकता र पदपुर्ति टुंगो लगाउने सहमति जुटाएपछि सचिवालयले टुंगो लगाईसकेको छ ।’ ७ फागुनमै प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर आधारपत्र पार्टी कमिटिलाई जानकारी दिइसकेका छन् ।

प्रचण्ड–माधव समूहले तय गरेको मापदण्ड अनुसार पूर्वमाओवादी र पूर्वएमाले समूहबाट आधा-आधा हुनेगरी पार्टी कमिटिमा पदपुर्ति हुनेछ । प्रदेश र जिल्ला इञ्जार्ज र सहइञ्चार्जलगायतका पार्टी पदाधिकारीमा जुन पक्षबाट रिक्त भएको हो सोही पक्षबाट पुर्ति गर्ने सहमति जुटेको छ । अर्थात पूर्वमाओवादी वा एमालेको कोटामा पुर्वएमालेले वा पूर्वमाओवादीले भाग पाउने छैन । पुर्वसमूहको आधारमा पदपुर्ति गर्दा पदाधिकारीमा सकेसम्म ५०-५० प्रतिशत हुनुपर्नेछ ।

सम्बन्धित समाचार