नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।

सञ्चारकर्मी रवि लामिछाने समेत प्रमोटर रहने गरी ग्यालेक्सी टिभी घोषणा भएको छ । गोर्खा मिडिया नेटवर्कले मंगलबार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको हो ।
टिभी 4K क्यालिटीको हुने कार्यक्रममा सञ्चारकर्मी लामिछानेले जानकारी दिए । टेलिभिजनको अध्यक्ष जीबी राई छन् ।
लामिछानेले केही समयअघि मात्र न्यूज २४ टेलिभिजन छाडेका थिए । उक्त टेलिभिजनमा लामिछानेले चलाएको सिधा कुरा जनतासँग कार्यक्रम निकै चर्चित बनेको थियो ।
