आज देशका यी स्थानमा हुनेछ मेघ गर्जनसहित वर्षा

मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा चट्टयाङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको जानकारी दिएको छ ।

त्यस्तै विहीबार पहाडी भू-भागहरुमा बदली रही रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा चट्टयाङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित समाचार