स्थायी कमिटी बैठकमै प्रधानमन्त्रीबाट राजीनामा गर्न ओलीमाथि दबाब

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँग प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाब परेको छ । राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीसम्मले ओलीको राजीनामा माग गरिरहेका छन् । साथै आज बसेको स्थायी कमिटी बैठकमा पनि केही स्थायी कमिटी सदस्यले राजीनामा दिनुपर्ने सुझाव दिएको स्रोतले बतायो ।

सर्वोच्चको फैसला अनुसार अब १२ दिनमा नै प्रधानमन्त्रीको सिफारिसमा संसदको अधिवेशन बोलाउन सिफारिस गर्नुपर्छ । उनीमाथि त्यस अगाडि नै राजीनामा गर्न दबाब छ । सर्वोच्चको फैसलासँगै पूर्वसभामुख सुवास नेम्वाङसहितका नेताहरुले अदालतको फैसला आफूहरुले मान्ने बताउँदै पहिला नै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग नगर्न सल्लाह दिएको सार्वजनिक अभिव्यक्ति उनीहरुले दिन थालेका छन् ।



यति मात्र होइन, सरकारका मन्त्रीहरुले नै अब नैतिक रुपमा सरकारमा बस्न नमिल्ने बताइरहेका छन् । ओलीले संसद भंग गरी निर्वाचनमा जाने निर्णयलाई सर्वोच्चले उल्टाइसकेकाले प्रधानमन्त्री नैतिक रुपमा राजीनामा दिनुपर्ने माग सर्वत्र छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमले नैतिकताको आधारमा ओलीलाई राजीनामा दिन भनेका छन् ।

सम्बन्धित समाचार