नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बुधबार अपरान्ह बसेको सो बैठकमा सुरुमै सो पक्षका अध्यक्ष माधवकुमार नेपालले सांसदहरुबीच धारणा राखेका थिए।
उनले पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजित हुँदा ओलीतर्फ लागेका सांसदहरुमध्ये ठूलो संख्याका सांसदहरु आफूहरुतर्फ आउन चाहेको बताएका थिए। नेता नेपालले उनीहरुप्रति कुनै पूर्वाग्रह नराख्न त्यहाँ उपस्थित सांसदहरुसँग आग्रह गरेका थिए।
‘ओलीतिर लागेका धेरैजना सांसदहरु आउनेछन्, उहाँहरुलाई गर्ने मान सम्मानमा कुनै कमी नगर्नुहोस्, उहाँहरुको शरीर उता भए पनि मन यतै छ,’ नेपालले सो बैठकमा भनेका थिए।
अनौपचारिक बैठक सुरु गरेर नेपालले आफ्ना धारणा राखेका थिए। बैठकमा प्रचण्ड केहि ढिला पुगेका थिए। उनी पुगेपछि बैठक औपचारिकरुपमै सुरु गरिएको थियो।

