आरआर क्याम्पसले गर्यो सम्मान कार्यक्रम

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको नेपाली विभागले बुधबार एक कार्यक्रमको आयोजना गरी सेवा निवृत्त हुनुभएका छ जना सहकर्मीहरूलाई संयुक्त रूपमा विदाइ तथा सम्मान गरेको छ ।

विदाइ तथा सम्मानित हुनेहरूमा प्राडा कुलप्रसाद कोइराला, प्राडा बद्रीविशाल भट्टराई, प्राडा हेमनाथ पौडेल, सह–प्रा हरिप्रसाद पराजुली, सह–प्रा भगवानचन्द्र ज्ञवाली तथा सह–प्रा मोहन गिरी रहेका थिए । कार्यक्रममा मन्तव्य दिने क्रममा उनीहरूले आफ्नो लामो शिक्षण अवधिमा आफूले भोगेका तीता मिठा अनुभवहरूलाई भावपूर्ण ढङ्गले राखेका थिए ।



नेपाली विभाग प्रमुख प्राडा गंगाप्रसाद अधिकारीको सभापतित्वमा संचालित कार्यक्रममा अतिथिका आशनमा क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवाली, पूर्व क्याम्पस प्रमुख प्रा रुद्रप्रसाद पौडेल, पूर्व क्याम्पस प्रमुख सह–प्रा गोपालचन्द्र पोख्रेल, पूर्व क्याम्पस प्रमुख सह–प्राडा निर्मलाकुमारी सुवाल रहेका थिए भने कार्यक्रमको सहजीकरण उप–प्रा देवीप्रसाद घिमिरेले गरेका थिए ।

सम्बन्धित समाचार