प्रचण्ड-माधवको प्रस्तावबारे छलफल गर्न आज कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ। प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड माधव पक्षले सत्ता सहकार्यको प्रस्ताव गरेपछि यसबारे छलफल गर्न कांग्रेसले बैठक डाकेको हो।

बुधबार नेकपा विरोधी खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बुढानीलकण्ठ पुगेका थिए। भेटमा प्रचण्ड माधवले सहकार्यका लागि प्रस्ताव गरेका थिए। जवाफमा देउवाले पार्टीमा छलफल गरी अघि बढ्ने बताएका थिए।



यसै विषयमा छलफल गर्न दिउँसो ३ बजे देउवा निवासमा कांग्रेसको बैठक बस्न लागेको हो। बुधबारकै एक कार्यक्रममा देउवाले पद छाड्नका लागि प्रधानमन्त्री केपी ओलीलाई आफूले दबाव नदिने बताएका थिए।

 

सम्बन्धित समाचार