नयाँ सरकार गठनबारे छिमेकी देशको चासो, राजदूतहरुको दौडधुप सुरू

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी फैसलाले उत्पन्न गराएको विकसित राजनीतिक अवस्थाबारे प्रत्यक्ष बुझ्न दुबै छिमेकी देशका राजदूत कस्सिएका छन् । यहि क्रममा मधेशवादी दल र नेपाली कांग्रेसका नेताहरुलाई भारतले सबैभन्दा पहिलो लहरमा राखेको स्रोतको दाबी छ ।

जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र श्रेष्ठ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न केही बेरअघि पेरिस डाँडा पुगेका छन् । सोही पार्टीका नेता उपेन्द्र यादव काठमाडौंमा नरहेको बुझिएको छ । डा. बाबुराम भट्टराई उपचारार्थ नयाँ दिल्लीमा छन् ।



ठाकुरले हिजो दिउँसो भारतीय राजदूत विनयमोहन क्वात्रासँग दूतावासमा गएर झण्डै दुई घण्टा वार्ता गरेका थिए । ठाकुरसँगको भेटपछि क्वात्राले हिजै कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधीलाई अनुपम फुडल्याण्डमा भेटेर कुरा बुझ्ने प्रयास गरेका थिए ।

उता चिनियाँ राजदूत हौ यान्छी र अर्थमन्त्री तथा ओली समूहका महासचिव विष्णु पौडेलबीच पनि मन्त्रालयमा हिजो भेटवार्ता भएको छ । नेकपालाई फुट्न नदिइ नयाँ सरकार गठनमा चीनले प्रयास गरिरहेको सेतले बतायो ।

सम्बन्धित समाचार