नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ फागुन ।

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसले आफ्नै युट्युब च्यानल संचालन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालको प्रमुख आतिथ्यमा फाल्गुण १४ गते बिहान ९ः३० बजे उक्त च्यानलको औपचारिक आरम्भ गरिने क्याम्पसद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।
उक्त अवसरमा प्राडा रुद्रप्रसाद उपाध्यायलबाट क्याम्पसलाई उपहारस्वरुप प्रदान गरिने अर्थशास्त्रसम्बन्धी पुस्तकहरूको पनि हस्तान्तरण गरिने कार्यक्रम रहेको क्याम्पस प्रमुख सह–प्राडा जीवनधर ज्ञवालीले नवकान्तिपुरलाई जानकारी दिए ।
पत्रकारिताको केन्द्रीय विभाग रहेको आरआर क्याम्पसमा लामो समयदेखि टीयू एफएम पनि सञ्चालनमा रहेको छ ।

