खानेपानी तथा सरसफाइ आयोजनाको सम्झौता सम्पन्न

बूढानीलकण्ठ खड्कागाँउ सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको गत हप्ता सम्झौता भएको छ । अनुमानित लागत रकम रू. २२ करोड ९१ लाख ५३ हजार ६ सयमध्ये ३० प्रतिशत उपभोक्ता संस्था र ७० प्रतिशत नेपाल सरकारले उपलब्ध गराउने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौडा र बूढानीलकण्ठ खड्कागाँउ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच सम्झौता भएको हो ।

कोभिड– १९ का कारण सम्झौता गर्न १ वर्ष ढिलाइ भएता पनि सम्झौताका शर्तहरू बमोजिम टेण्डर आव्हान गरी प्रक्रिया छिटै अगाडि बढाइने योजना रहेको स्रोतको दावी छ । काम सुरूवात भएको मितिले २ वर्षभित्र उपभोक्ता समितिलाइ साँचो हस्तान्तरण गरी वडा नं. ६ र ७ को घरघरमा खानेपानी पुर्याउने वडा नं. ६ का अध्यक्ष नवीन केसीले जानकारी दिए ।



सम्झौता बैठकमा नगरप्रमुख उद्धवप्रसाद खरेल, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठप्रसाद सापकोटा, वडा नं. ६ का अध्यक्ष नवीन केसी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख, उपभोक्ता समितिका प्रतिनिधिहरू, योजना महाशाखा र पूर्वाधार महाशाखाका कर्मचारीहरूलगातिको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार