नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको छ ।
गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।

