नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देव गुरुङले आफूहरुले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई नै हटाइसकेकाले उनले गरेको कारबाही वैधानिक नहुने बताएका छन् ।
केपी ओलीले दलको प्रमुख सचेतक परिवर्तन गरेको सम्बन्धमा उनले भने, ‘हामीले ओलीलाई नै दलको नेताबाट हटाइसकेका छौँ । उहाँले संसदसँगै दल पनि भंग गर्नुभएको थियो । अहिले प्रमुख सचेतक परिवर्तन गर्न उहाँलाई कुनै नैतिक अधिकार छैन ।’
ओलीले आजै नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेका थिए ।

