नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।

सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।
सर्वोच्च अदालतले फागुन २४ भित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो । प्रधानमन्त्री केपी ओली संसद् बैठक बोलाएर अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा छन् ।
आज मात्र ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए । प्रचण्ड-माधव समूहले भने ओलीलाई संसदीय दलको नेताबाट हटाइसकिएकोले उनले गरेका कामले कानुनी मान्यता नपाउने दाबी गर्दै आएका छन् ।

