पूर्वमन्त्री जोशीको स्वास्थ्य सुधार, खतरामुक्त भने नभएको चिकित्सकको भनाइ

नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ । शुक्रबारको तुलनामा जोको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको उपचारमा संलग्न डा. राजीव झाले जानकारी दिए । तर जोशी खतरामुक्त भने नभएको उनको भनाइ छ ।

दायाँपट्टिको भाग र हातखुट्टा चले पनि बायाँ भागमा भने प्यारालाइसिस भएको छ ।



विहीबार राति मस्तिष्कघात भएपनि नेता जोशीको अहिले नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार