नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
भारत सरकारले निजी अस्पतालमा कोरोना खोपको प्रतिडोज मूल्य २५० रुपैयाँ (भारतीय) निर्धारण गरेको छ। यो खोप ती अस्पतालमा लगाउन भनिएको छ, जुन खोप केन्द्रका रूपमा सञ्चालित छन्।
यसअघि सरकारले सरकारी खोप केन्द्रमा निःशुल्क खोप दिइने घोषणा गरेको थियो।
समाचार एजेन्सी एएनआईले आधिकारिक स्रोत उधृत गर्दै दिएको जानकारीअनुसार निजी अस्पतालमा खोपका लागि तोकिएको २५० रुपैयाँमध्ये १५० खोपको मूल्य र सय रुपैयाँ सेवा शुल्क हो।