नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।

नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च अदालत जाँदै छन् ।
गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए ।
उनी आइतबार ११ बजे सर्वोच्च पुग्ने बताइएको छ । यसअघि प्रधानमन्त्री केपी ओली पनि सर्वोच्च पुगेर लिखित जवाफ पेश गरेका थिए ।

