नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ फागुन ।

स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन्। भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट मंगलबार नेपाल फर्कन लागेका हुन्।
भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो(इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका छन्। तर उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ। दुईरतीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरूको भनाइ छ।
भट्टराईले विक्रम भाटियासँग स्वास्थ्य सम्बन्धी परामर्श लिएका थिए।

