राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते दिउँसो ४ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन्। सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३ गते ४ बजेका लागि संसद अधिवेशन बोलाइएको उल्लेख छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।



प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो पटक हिउँदे अधिवेशन शुरू हुँदैछ। अधिवेशन आह्वान भएसँगै प्रतिनिधि सभाबाट नयाँ सरकार गठनको पहल थालिने सम्भावना छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति :

सम्बन्धित समाचार