कांग्रेस र जसपासँग मिलेर अविश्वास प्रस्ताव ल्याउँछौं: नेता नेपाल

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवम् भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहमति गरेर मात्र प्रधानमन्त्रीविरुद्द अविश्वास प्रस्ताव ल्याउने बताएका छन्।

प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले संसद विघटनविरुद्ध आन्दोलनरत पार्टीहरु एक ठाँउमा उभिएर संयुक्त सरकार गठन गर्ने आफ्नो धारणा सुनाए।



उनले प्रधानमन्त्रीविरुद्द अविश्वासको प्रस्ताव ल्याउने बारे विभिन्न राजनीतिक पार्टीबीच छलफल भइरहेको जानकारी दिए । नेता नेपालले निर्वाचन आयोगका कारण अहिले अन्यौल रहेकाले छिटो भन्दा छिटो नेकपाको विवाद टुङ्ग्याउन आग्रह पनि गरे ।

सम्बन्धित समाचार