नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।

नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो ।
केन्द्रीय सदस्यहरुलाई यसअघि नै उत्यावश्यक काममा बाहेक राजधानी उपत्यका नछोड्न र पार्टी कार्यालयसँग सम्पर्कमा रहन निर्देशन दिइएको थियो ।
भोलि केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमै बस्ने भएको छ ।

