नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ फागुन ।

प्रधानमन्त्री केपी ओली सैनिक मुख्यालय जंगीअड्डा पुगेका छन् । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासित पहिलो चरणको अनौपचारिक वार्ता सकिएलगत्तै ओली सैनिक मुख्यालय पुगेका हुन् । अब दोस्रो चरणको औपचारिक वार्ता कहाँ बस्ने भनेर खुलाइएको छैन ।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा, सदस्य राजन भट्टराई र विप्लव समूहका वार्ता टोली संयोजक खड्ग विश्वकर्मा र दीपक चलाउनेबीच वालुवाटारमा बुधबार बिहान वार्ता भएको थियो । उक्त वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताए ।
विप्लवसँगको पहिलो चरणको वार्ता सकिएलगत्तै प्रधानमन्त्री सैनिक मुख्यालय जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विप्लवले आफ्ना सौनिकलाई नेपाल सैनिकमा जिम्मेवारी दिनुपर्ने शर्त पनि अगाडि सारेको हुनसक्ने आँकलन गनि गरिएको छ ।

