प्रचण्ड-नेपालपक्षीय स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय, पारित गर्न केन्द्रीय कमिटी बैठक जारी

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने भएको छ।केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता पर्वतर्तन गर्ने एजेन्डा तय गरेको छ। यो एजेन्डालाई अनुमोदन गर्न केन्द्रीय कमिटी पेरिसडाँडामा जारी छ ।

स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड(नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो।



तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो।

सोमबार बसेको नेकपा सचिवालय बैठकले नागरिकता र पार्टीको परिचयपत्रसहित केन्द्रीय बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यलाई सर्कुलर गरेको थियो।

सम्बन्धित समाचार