सुवास नेम्वाङलाई स्थायी समितिबाट निलम्बन, संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन

प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको स्थायी समितिको बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

सो निर्णयलाई त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एक केन्द्रीय सदस्यले बताए। सो बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ।



सो बैठकले नेम्वाङलाई पार्टीको अन्तरिम विधान उल्लंघन गरेको भन्दै उनलाई निलम्बन गर्न र तीन दिनभित्र उपनेता पदबाट राजीनामा गर्न निर्देशन दिएको हो।

सम्बन्धित समाचार