कोरोना खोप लगाएका पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराई शिक्षण अस्पताल भर्ना भएका छन्। बुधबार कोरोना खोप लगाएपछि डा. भट्टराईलाई ज्वरो आएको थियो। त्यसपछि डाक्टरको सल्लाहमै उनी अस्पताल भर्ना भएको जसपाका नेता गंगा श्रेष्ठले बताए।

भट्टराईको अहिले स्वास्थ्य अवस्था नर्मल नै रहेका डाक्टरहरुले बताएको श्रेष्ठले जानकारी दिए। ‘कोरोना खोपछि नर्मल मान्छेलाई त ज्वरो आउने गरेको देखिन्छ, उहाँ त बिरामी नै हुनुहुन्थ्यो। उहाँलाई पनि ज्वरो आयो’, श्रेष्ठले भने, ‘मैले भर्खरै भेटेर आएको हुँ, उहाँको अवस्था नर्मल छ।’



पेटको समस्या भएपछि उनले लामो समयदेखि नेपालमै उपचार गरेका डा. भट्टराई यहाँका चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंका गर्दै थप उपचारका लागि नयाँदिल्ली जान सल्लाह दिएका थिए। सोहिबमोजिम उनी नयाँदिल्ली पुगेर आवश्यक सबै परीक्षण गर्दा ट्युमरमा क्यान्सर भइनसकेको पुष्टि गरेपछि मंगलबार भट्टराई नेपाल फर्केका थिए ।

सम्बन्धित समाचार