नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।

सरकारले प्रतिवन्ध फुकुवा गरेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं आउँदैछन् । सरकारले विहीवार विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको थियो ।
प्रतिबन्ध फुकुवा गरेसँगै सरकार र विप्लवपक्षबीच भएको सहमति आज औपचारिक कार्यक्रममा सार्वजनिक गर्ने बताइएको छ । सोही कार्यक्रमका लागि विप्लव काठमाडौं आउन लागेका हुन् ।
प्रतिबन्ध फुकुवापछि नवलपरासीमा शहीद परिवारलाई भेटेर विप्लव काठमाडौं आउन लागेको उनी निकट स्रोतले जनाएको छ ।

