प्रचण्ड–नेपाल समूहमा फर्किइन् सांसद माया ज्ञवाली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ माया ज्ञवाली प्रचण्ड–माधव नेपाल समूहमा फर्किएकी छन् । पार्टी विभाजनपछि उनी केपी ओली समूहमा सहभागी भएकी थिइन् । उनले आफू प्रचण्ड–नेपाल समूहमा नरहेको घोषणा गरेकी थिइन् ।

सांसद ज्ञवाली शुक्रबार बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा सहभागी भएकी छन् । उनी तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी श्रीमतीसमेत हुन् ।



नेकपाको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। २३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भनेर प्रचण्ड-नेपालले बैठक बोलाएका हुन्।

सम्बन्धित समाचार