नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ ।
आज देशको पहाडी भूभागहरुको थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भूभागहरुको केही स्थानहरुमा तथा बागमती र प्रदेस १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
