प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन्। खोप लगाएपछि प्रधानमन्त्री ओली अहिले आराम गरिरहेका छन्।

यसअघि आजै बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले पनि खोप लगाएका छन्।



सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ ।

सम्बन्धित समाचार