नेकपा विवाद टुंगो लाग्न कम्तीमा ६० दिन लाग्छः प्रमुख आयुक्त थपलिया

नेकपाको आधिकारिताको छिनोफानो आइतबार हुने अनुमान गरिएका बेला निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यो विवाद टुंगो लाग्न अझै कम्तीमा ६० दिन लाग्ने दाबी गरेका छन्।

उनले आइतबारदेखि नेकपा विवाद आयोगको छलफलका एजेण्डा हुने तर यसको टुंगो कानूनी प्रक्रिया अनुसार लाग्ने बताए। थपलिायाले भने, ‘बाहिर हल्ला चले जस्तो होइन। नेकपाको विवाद टुंगो लगाउन निकै समय लाग्छ। कानूनी प्रक्रियालाई मिचेर हामीले केही गर्ने अवस्था छैन।’



थपलिएका अनुसार आइतबार साढे १२ बजे बस्ने आयोगको बैठकमा नेकपा विवाद एजेण्डा बन्ने भए पनि त्यसले समय लिने छ। थपलियाले भने,‘शुक्रबार नेकपा प्रचण्ड नेपाल पक्षले आधिकारिता पाउँ भनेर अर्को दाबी ल्याएर आउनु भयो। आज हाम्रो बैठक छ। उहाँहरुको निवेदन बैठकमा राख्छौँ भनेको हो। तर आजै निर्णय गराइहाल्छौँ भनेको होइन।’

प्रचण्ड नेपाल पक्ष शुक्रबार आफ्नो केन्द्रीय कमिटी बैठकको निर्णयहरु अध्यावधिका लागि निवेदनसहित आयोग पुगेको थियो।

सम्बन्धित समाचार