नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

सरकारसँग गरिएको तीन बुँदे सम्झौता समारोहलाई सम्बोधन गर्न शुक्रबार नवलपरासी हुँदै राजधानी छिरेका नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज मध्यान्ह १२ बजे थानकोट नागढुंगा नाकाबाट बाहिरिएका छन् ।
लु २ च २६६३ को सवारी साधन प्रयोग गरेर विप्लवले उपत्यका छाडेको सरकारी स्रोतले समेत पुष्टि गरेको छ । लाजिम्पाटस्थित एउटा भाडाको फ्ल्याटमा दुई दिन बसेपछि सडक मार्ग हुँदै आएका विप्लव त्यसैगरी आफ्नो आधार क्षेत्रतर्फ फर्किएको विप्लव स्रोतले बताएको छ ।
सरकार र उक्त समूहबीच भएको तीन बुदे सम्झौतामा हतियार व्यवस्थापन सम्बन्धमा साँधिएको मौनतालाई संसदवादी राजनीतिक दलहरूले आलोचना गर्दै आएका छन् ।

