नेकपा नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिने सर्वोच्चको निर्णय

सर्वोच्च अदालतले ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला सुनाएको हो ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको दल दर्ता गरेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता थियो ।



आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नाममा ओली र प्रचण्ड अध्यक्ष रहेको दल दर्ता गरेको थियो । तत्कालीन एमाले र माओवादी एकीकरण भई नेकपा दर्ता भएको थियो ।

अब निर्वाचन आयोगले नयाँ नामका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्राचार गर्ने आयोग स्रोतले जानकारी दियो । नामविहीन बनेको यो पार्टी अहिले विभाजनको पर्खाइमा छ ।

सम्बन्धित समाचार