नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । प्रतिनिधि सभा बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए ।
आफूले फैसलाको पूर्ण पाठ हेर्न नभ्याएको बताउँदै प्रधानमन्त्रीले तर फैसलाको सम्मान गर्ने बताएका हुन् ।
सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । योसँगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम गुमेको छ ।

