नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई दलको आधिकारिक मान्यता नदिएकोमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टि जनाएका छन्। उनले न्यायालयमा राजनीतिक भागवण्डाको परिणामका कारण यो अवस्था आएको समेत जनाएका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा सर्वोच्च अदालतको फैसला प्रति व्यंग्य गर्दै लेखेका छन्, अब फेरि न्यायालयमा राजनीतिक भागबण्डा गर्नेरु फेरि न्याय परिषद, संवैधानिक आयोगमा भागबण्डा गर्ने? बार एसोसिएसनमा पार्टीगत प्यानल खडा गर्ने ? के गरिस् मंगले आफ्नै ढङ्गले भनेको यही हो। भन्न त ‘ठिक्क पर्यो’ भन्न मन लागेको थियो तर भनेर के गर्नु। अति भयो। यी सबै राजनीतिकरण बन्द गरौँ।
आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ।

