नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।

अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले तयसको विरोध गरेकी थिइन् ।
यहीबीचमा उनको भेटवार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् । ‘विप्लवसँग मेरो भेट एउटा कलाकार र राजनीतिक नेता बीचको भेट मात्र हो’ रेखाले भनिन् ‘भेटमा राजनीतिक भन्दा पनि ब्यक्तिगत र कला क्षेत्रको बारेमा हामीले कुरा गर्यौं ।’
विप्लव भूमिगत हुँदा रेखाले प्रतिबन्धको विरोध गरेको भएकोले पनि त्यसप्रति धन्यवाद दिन उनलाई विप्लवले बोलाएले बुझिएको छ । विप्लव यतिवेला विभिन्न जेलमा रहेका आफ्ना नेता कार्यकर्तालाई भेट्न व्यस्थ छन् । सरकारले विप्लव नेकपाका नेता कार्यकर्ताहरुलाई प्रक्रिया पुर्याएर जेलमुक्त गर्ने भएको छ ।
