सर्वोच्चको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकन जाने भएको छ। आइतबार सर्वोच्च अदालतले फैसला गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने निर्णय गरेको हो।

कानून व्यवसायीहरुसँगको छलफलपछि प्रचण्ड–नेपाल पक्षले फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको हो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो।



सोही समयमै निर्वाचन आयोगले पार्टीको बैधानिकता दिएको थियो। तर ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको भन्दै २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। कानून व्यवसायीहरुको सुझावपछि प्रचण्ड–ओली पक्ष पुनरावलोकनमा जाने निचोडमा पुगेको हो ।

सम्बन्धित समाचार