माधव समूह फर्कने भएपछि एमाले सचिवालय बैठक स्थगित

नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको बताइएको छ। महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि नै मंगलबार बिहान ९ बजेका लागि बैठक आह्वान गरेका थिए।

नेपाल‚ खनाललगायतका नेताहरु एमालेमा नै फर्किएपछि थप तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको महासचिव पोखरेलको सचिवालयले जनाएको छ। सचिवालयमा महासचिवको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव रहने प्रावधान छ।



सर्वोच्चले नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र विउतिएका छन् । जारी विवादमा प्रचण्डनिकट रहेका माधव नेपाल समूह एमालेमै फर्किने निर्णयमा पुगेको थियो ।

सम्बन्धित समाचार