नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो।
जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो। दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको हत्याको अभियुक्त उनलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ।
विद्यालयबाट घर फर्कने क्रममा गत माघ २१ गते भट्टको हत्या बलात्कारपछि हत्या भएको थियो। बेपत्ता भएकी भट्टको माघ २२ गते घर नजिकैको जंगलमा शव फेला परेको थियो। सोही अभियोगमा फागुन ४ गते पक्राउ परेका दिनेशले आरोप स्विकारेका छन्।
